मेरो आफ्नो कथाहरु
नमस्कार म देउकुमार लामा बल को तर्फबाट सम्पूर्ण चिरपरिचित साथिहरु शुभचिन्तक हरु साथै अपरिचित सथिहरुमा नमस्कार गर्दछु , जीबनमा सबैको आफ्नै आफ्नै कथा ब्यथा अनि भोघाईहरु अलग अलग हुन्छन् तर समग्रमा भन्नुपर्दा सबैको पीड़ा र घटना हरु शायदसबैको मेल हुन सक्छा भन्दा दुई मत नहोला भन्छन नि ''भाग्य सबैलाई बाडेर पुग्दैन ,कसैले त खोज्नु पर्छा ''शायद यो कुराले सबै को मन छुन्छा यस्तै अभाब र गरिबिकोपीड़ा को बिचमा आप्पा बिर्ख बहादुर बल आमा बिष्णु माया बल को कोख बाट बी.स.२०४५ साल माघ २ गते जन्म हुन पुगेछु ,हरेक पीड़ा दुख संग पैठे जोरी खेल्दै मेरो आप्पा आमाले मलाई आज यो नेपाली माटोमा एउटा नेपालीको छोरा हु भन्न सिकाउनु भयो यसरी नै मेरो बाल्य अबस्था अगाड़ी बडदै थियो यस्तै सिलसिलामा आप्पा आमा ले पुरानो गाऊ ताप्लेजुंग लाई छाडेर पाँचथर जिल्लाको जोरशाल बजार माँ बसाई सरी आउनु भएछ मा त्यों बेला जम्मा १ बर्ष को रहेछु लगभग म जन्मेको ८ महिना पछाड़ी यता सर्नु भएछ म ऐले समझिंन्छु,आफ्नो भन्ने कोही थिएन रे मात्र आमाको नाताले मात्र थोरैले चिन्दो रहेछ किनकी पाँचथर मेरो मावाली जिल्ला जोरशाल बजार मावली गाऊ नजिक को बजार ,त्यों भएर मेरो आमाको नाताले धेरै राहत मलेछ ,र मेरो आप्पाले राईस मिलमा काम गर्ने मौका पाउनु भएछ र परिवारमा बिहान बेलुका हात जोड़न गारो भएँन तर पनी परिवार मा दिन दिनै हरेक समस्या ले घेर्नु थाल्यो म पनी ठुलो हुदै गए यता मेरो पड़ने इच्छा पनी पलाऊ दै जादै थियो र मैले पनी इस्कूल जाने जमर्को गरे र आप्पा आमालाई भनेर श्री सुख बोध निम्न माद्यमिक बिद्यालय मा १ मा भर्ना भए र मेरो जिबनमा नया इश्कुले जिबनको थालानी गरे ,सुरुमा त सबै कुरा सिक्न लाइ कठिन नै हुन्छ तर जो मान्छे संग इच्छा र मेहनत छ अबस्य उ अगाड़ी बड़ी हाल्छ र क ख ग घ....
बाट थालानी गरे गुरु हरुको कुराको आत्मा साथ गर्दै ,आफु माथि पर्ने हरेक कुराको सामना गर्दै एक बाट दुई ................सात बाट आठ गर्दै निम्न स्तरीय क्लास पूरा गरी जोरशाल इस्कूल बाट बिदा माग्ने समय भएछ जून दिन म इस्कूल बाट टाडा हुने समय आयो एक त खुसी थिए किन की मेरो सपना इच्छा,पूरा भयो साथै मेरो आप्पा आमा को पनी म धेरै खुसी ,खुसिको सीमा नै थिएन ............................तर दुखको कुरा ८ बर्ष सम्म पडेको इस्कूल अनि मेरो गुरु हरु गुरुमाँ हरु प्यारो मिलनसार सथिहरुलाई माया मारेर जानु पर्दा सायद सबैको मन रुन्छ तर के गर्नु आफ्नो मनलाई सम्हाल्दै सबै साथी हरु गुरु,गुरु माँ हरु संग बिदाई को हात हल्लाऊदै हिडे मेरो बाटो माँ तर जति मेरो साथिहरुको मन रुएको छ त्यों भन्दा बड़ी मेरो रुएको थियो तर मैले जानै थियो ......................पर सफलताको गन्तब्य सम्म म हिडीरहेको छु,रोईरहेको थिए यसरी बित्यो त्यों इस्कूल को कथा हरु आज फेरी त्यों कथालाई सम्झे र मेरो मनको कुरालाई सान्तवना दिदै ऐले लेखिरहेको छु अनि फेरी अर्को बर्ष ९ क्लास मा भर्ना हुनअलिक माथिको बिद्यालय जानु पर्ने थियो र इच्छा पनी र मेरो इच्छा बमोजिम त्या पनी ज्वाइन गरे र थाले माद्यमिक इस्तर को पढाई तर मैले अलिक पहिलाको भन्दा धेरै दुख गर्नु पर्यो किन की सानो क्लास र ठुलो क्लास मिल्दैन र मेहनत पनी धेरै ...?''जहा इच्छा त्या उपाय '' भने झै कसैले कसैको को इच्छा र मेहनत लाई छेकं न सक्दैन रहेछ भन्ने पाठ सिके र मेरो हरेक दुख सुख माँमेरो आप्पा आमाले सयोग गर्नु भयो मतलब इच्छा छोरा को उपाय आप्पा आमाको भयो र यसरी नै दिन हरु बित्दै गए मा पनी ९ क्लास बाट १० हुदै मेरो पनी एस अलसी को एक्जाम पनी नजिक आइसकेछ र यसको तयारीमा सबै भन्दा बड़ी समय दिन थाले र एक्जाम पनी दिए ...............त्यसको नतीजा पनी राम्रो नै भयो र माद्यमिक इस्तर लाइ पनी बाई गर्ने बेला भएछ र इस्कुल्ले पनी ठीक समय माँ बिदाई अयोजना गर्यो र हामी सबै साथी हरु उपस्थित भयौ र भब्य रुपमा बिदाई पनी समापन भयो,तर मन थिर मा थिएन सबै साथिहरु संग टाटा गर्दै गुरु हरु गुरुमा हरु संग बिदा माग्दै आ- आफ्नो गन्तब्य तिर लाग्यौ
(म देउकुमार बल पाँचथर मेरो इस्कुले जिबनको कथा बाट.....................?????धन्यबाद ..(लासो फियाफुल्ला )
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें